आज: ६ मंसिर २०८१, बिहीबार | Thu, 21, Nov, 2024

उच्च अदालतद्धारा सन्दीप लामिछाने निर्दोष ठहर

गोकर्णेश्वर खबर२ जेष्ठ २०८१, बुधबार १८:३७ मा प्रकाशित (६ महिना अघि) २४८ पाठक संख्या

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले निर्दोष ठहर गरेको छ ।बुधबार उच्च अदालत पाटनले सन्दीपको मुद्दामा अन्तिम सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौंले यसअघि गरेको फैसला बदर गरेको हो।

उच्च अदालत पाटनमा मंगलबारदेखि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले उनमाथि लागेको आरोप बदर गर्दै खेलमा लागेको प्रतिबन्ध फुकुवा गर्ने आदेश दिएको छ।

यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो। उक्त फैसलामा चित्त नबुझाएपछि सरकार र लामिछाने दुवै उच्च अदालत पाटनमा पुनरावेदनका लागि गरेका थिए।