आज: ९ माघ २०८१, बुधबार | Wed, 22, Jan, 2025

Lions International Foundation बाट नेपालका लागि ९ करोड ५० लाख बराबरको अनुदान प्राप्त

गोकर्णेश्वर खबर२ जेष्ठ २०८१, बुधबार १८:३४ मा प्रकाशित (८ महिना अघि) २९३ पाठक संख्या

Lions Clubs International Foundation बाट नेपालका लागि ९ करोड ५० लाख बराबरको अनुदान प्राप्त गरेको छ । लायन्स अन्तर्राष्ट्रिय फाउण्डेशनको मई महिनामा बसेको बोर्ड अफ ट्रस्टीको बैठकबाट नेपालमा रहेका १५ डिष्ट्रिक्ट मध्ये  वटा डिष्ट्रिक्टका सात वटा परियोजना स्वीकृत गरेको हो ।स्वीकृत भएका परियोजनाहरू डिष्ट्रिक्ट ३२५ ‘सि’ बाट प्रस्तावित मानव सेवा आश्रम बिराटनगरको किचन डाईनिंग हल निर्माणका लागि अमेरिकी डलर एक लाख १७ हजार  सय ६९  ईटहरीमा ‘माया घर’ अनाथ महिला आश्रम निर्माणका लागि ९९ हजार  सय ९० अमेरिकी डलर स्वीकृत भएको   त्यस्तै३२५ ‘डि’ बाट प्रस्तावित परियोजना स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटी काठमांडौंका डायलाईसिस सेन्टरका लागि एकलाख डलरडिष्ट्रिक्ट ‘ई’ को परियोजना चन्द्रागिरी अस्पताल थानकोटको लागि ९८ हजार  सय ५१ डलर र डिष्ट्रिक्ट ३२५ ‘जी’ को प्रस्तावित परियोजना  भक्तपूर ठिमीमा ब्लड बैक इक्विपेन्टका लागि ९७ हजार  सय १ डलर स्वीकृत भएको   यसैगरी डिष्ट्रिक्ट ३२५ ‘एल’ को जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रको डायलिसिस सेन्टरका लागि ८३ हजार  सय ३७  डिष्ट्रिक्ट ३२५ ‘एन’ को कर्णाली प्रदेशमा संचालित मुटुरोग सेवाका लागि ९९ हजार  सय ५२ डलर बराबरको परियोजना स्वीकृत भएको छ ।