आज: ९ माघ २०८१, बुधबार | Wed, 22, Jan, 2025

काभ्रेमा हत्या गरिएका मानिसको पहिचान खुल्यो

गोकर्णेश्वर खबर१ जेष्ठ २०८१, मंगलवार १९:०१ मा प्रकाशित (८ महिना अघि) ५७४ पाठक संख्या

१० दिनदेखि वेपत्ता भएका दोलखाको भीमेश्वर नगरपालिका २ राम्पाका बिष्णुप्रसाद सुवेदीको शव जलेको अवस्थामा फेला परेको छ ।

बैशाख २३ गते ललितपुरको टिकाथलीस्थित घरवाट दोलखा जाने भनेर निस्किएका सुवेदीको काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ जिरो किलो नजिकै जलेको अवस्थामा फेला परेको हो । घटना प्रकृति अनुसार उनलाई हत्या गरेर रुखमा तारले बाँधी जलाएको अनुमान गरिएको छ । तर, काभ्रेपलाञ्चोक प्रहरीले सुवेदीको हत्या गरिएको हो वा आत्महत्या भन्ने वारे यकिन हुन बाँकी रहेको जनाएको छ । शुक्रवार जिरो किलोस्थित मेलम्चि–जिरो किलो सडक खण्डवाट करिव ५० मिटर तल बिरोजे खोल्चा जङ्गलमा एक पुरुषको शव फेला परेको थियो । मुख र छातीमा फलामको तारले बेरेर रुखमा बाँधी प्रज्वलनशिल पदार्थ प्रयोग गरेर आगो लगाई जलेको अवस्थामा शव फेला परेको थियो । पहिचान गर्न नसकिने अवस्थाको सो शव सुवेदीको भएको परिवारजनले बताएका छन् ।

आज धुलिखेल अस्पतालमा गरिएको पोष्टमार्टमको आधारमा सो शवको पहिचान भएको हो । सुवेदीको तल्लोपट्टिको ६ वटा र माथिल्लो पट्टिको ३ वटा दाँत भरेको र पोष्टमार्टमको क्रममा शवको दाँत समेत सोही प्रकृतिको फेला परेपछि शवको पहिचान भएको परिवारका सदस्यले बताएका छन् । दोलखा सदरमुकाम चरिकोटमा व्यवसाय गर्दै आएका ५४ बर्षीय सुवेदी बैशाख २३ गते ललितपुरको टिकाथलीस्थित घरवाट निस्किएका थिए । मोवाईल समेत घरमै छाडेर निस्किएका सुवेदीले अन्तिम पटक बैशाख २४ गते जिरो किलोस्थित एक होटल संचालकको मोवाईल नम्बरवाट घरमा सम्पर्क गरी आफु केही दिन घर नफर्किने बताएका थिए ।

त्यसपछि सम्पर्कविहिन भएका सुवेदीको व्यापक खोजतलाश गर्दा पनि फेला पर्न सकेका थिएनन् । घटना प्रकृति हेर्दा उनलाई हत्या गरेर पहिचान नहुने गरी रुखमा बाँधेर जलाएको आशंका गरिएको छ । काभ्रेपलाञ्चोक प्रहरीले घटनाका बिषयमा अनुषन्धान भइरहेको जनाएको छ ।