आज: १२ बैशाख २०८२, शुक्रबार | Fri, 25, Apr, 2025

कांग्रेस महासमिति बैठक गोदावरीमा सुरु, देउवाले गरे उद्घाटन

गोकर्णेश्वर खबर७ फाल्गुन २०८०, सोमबार १५:५७ मा प्रकाशित (१ साल अघि) ३२० पाठक संख्या

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक सोमबार दिउँसो ललितपुरको गोदावरीमा सुरु भएको छ।

कांग्रेसको भावी रणनीति तय गर्न अहम् मानिएको यो बैठकको सभापति शेरबहादुर देउवा सनराइज हलमा उद्घाटन गरेका हुन्।

देउवाले सुरुमा गमलामा रोपिएको सानो रुखमा पानी हालेर महासमिति बैठकको उद्घाटन गरे। त्यसपछि उनले पानसमा बत्ती बाले।

देउवाले कांग्रेसका संस्थापक नेताहरूको तस्बिरमा माल्यार्पण गरेसँगै महासमिति बैठक सुरु भएको छ।

महासमितिको उद्घाटनका क्रममा राजनीतिक मन्तव्यसँगै सांस्कृति कार्यक्रमहरू पनि राखिएको छ।

यो हलमा यसअघि नेकपा एमालेले पनि विधान महाधिवेशन गरिसकेको छ।

दिउँसो १ बजे सुरु हुने भनिएको महासमिति बैठक नेताहरू ढिलो पुग्दा २ घण्टा पछि सुरु भएको हो।