आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

एमाले धादिङको अधिवेशनमा कुटाकुट

गोकर्णेश्वर खबर२१ माघ २०८०, आईतवार ११:४८ मा प्रकाशित (१ साल अघि) २४९ पाठक संख्या

धादिङ । नेकपा (एमाले) धादिङको नवौं जिल्ला अधिवेशनमा लफडा भएको छ।

शुक्रबार सुरु भएको जिल्ला अधिवेशनको आज बन्द सत्र हुने कार्यसूचि रहेको थियो। तर बन्द सुरु हुनु अगावै अधिवेशन स्थगित गरिएको छ।

बन्दसत्र सुरु हुनुअगावै अधिवेशन स्थलमा झडप भएपछि एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले विज्ञप्ति जारी गर्दै अधिवेशन स्थगित भएको जनाएका छन्।

अध्यक्ष ढुंगेलले जारी गरेको विज्ञप्तीमा अधिवेशन स्थलमा जिल्ला कमिटीका सदस्य र नेताहरूमाथि हुलहुज्जत र धक्कामुक्का भएको उल्लेख छ। त्यसक्रममा पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको ढुंगेलले बताए।

यता, पार्टीको लेटरहेट प्रयोग नगरी सार्वजनिक गरिएको प्रदेश अध्यक्ष कैलाश ढुंगेलले हस्ताक्षर गरेको विज्ञप्ती किर्ते भएको एमाले धादिङका जिल्ला अध्यक्ष भूमि त्रिपाठीले दाबी गरे।

‘अधिवेशनका कार्यक्रहरु बिहानैदेखि निरन्तर सञ्चालन भैरहेका छन्। भ्रम फैलाउने काम गरियो,’ अध्यक्ष त्रिपाठीले भने, ‘केही असन्तुष्ट व्यक्तिहरुले जाल रचेका हुन्। अधिवेशन रोकिएको छैन।’

उद्घाटन सत्रसम्म सौहाद्र्धपूर्ण ढंगले चलेको अधिवेशन बन्द सत्रमा प्रवेश गर्ने बेलामा नेतहरुबीच लफडा भएको हो।