आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै

गोकर्णेश्वर खबर२९ पुष २०८०, आईतवार ०९:१३ मा प्रकाशित (१ साल अघि) २३२ पाठक संख्या

काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच आज बिहान छलफल हुँदैछ।
आज विहान नौ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेताहरुबीच छलफल सुरु हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो।

सत्तारुढ गठबन्धनले राष्ट्रियसभा निर्वाचन मिलेर लड्ने समझदारी गरेका छन्।