आज: २६ चैत्र २०८१, बुधबार | Wed, 09, Apr, 2025

गृह मन्त्रालयले गर्यो १६ डीआईजीको सरूवा

गोकर्णेश्वर खबर२४ पुष २०८०, मंगलवार १९:१० मा प्रकाशित (१ साल अघि) २१४ पाठक संख्या

काठमाडौँ । गृह मन्त्रालयले १६ जना डीआईजीको सरूवा गरेको छ। यससँगै सातै प्रदेशका प्रहरी प्रमुख पनि फेरिएका छन्।

एकवर्ष अवधि पुगेका सबैको मंगलबार सरुवा गरिएको हो।

सरूवा सूचीअनुसार कोशीमा चन्द्रकुवेर खापुङ, मधेसमा यज्ञविनोद पोखरेल, बागमतीमा विष्णुकुमार केसी, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुबेर कडायत, कर्णालीमा लालमणि आचार्य र सुदूरपश्चिममा वीरेन्द्र केसीलाई पठाउने निर्णय भएको छ।