आज: १७ बैशाख २०८२, बुधबार | Wed, 30, Apr, 2025

लुम्बिनीमा माधव नेपाललाई धक्का,राजु गुरुङले त्यागे एकीकृत समाजवादी

गोकर्णेश्वर खबर२४ पुष २०८०, मंगलवार १८:३४ मा प्रकाशित (१ साल अघि) २३९ पाठक संख्या

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टीबाट राजीनामा दिएका छन्।

समाजवादीको लुम्बिनी प्रदेश कमिटी सचिवसमेत रहेका उनले मंगलबार पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

अध्यक्ष माधवकुमार नेपाललाई लेखेको राजीनामा पत्रमा उनले एकीकृत समाजवादी पार्टीको सदस्यता, केन्द्रीय सदस्य र लुम्बिनी प्रदेश कमिटीको सचिवमा रहन असमर्थ रहेको जनाएका छन्।

नेता गुरुङको रुपन्देहीमा राम्रो प्रभाव थियो। उनी युवमाझ पनि लोकप्रिय छन्। ‘जीवनमा!!न त कहिल्यै चिरउरीको अपेक्षा नै गरेँ! न त कहिल्यै कसैको चिरउरी नै गरेँ१ तसर्थ‘’ भनेर उनले राजीनामा पत्र सार्वजनिक गरेका हुन्।

यसअघि २०७९ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा गुरुङ रूपन्देही क्षेत्र नम्बर २ मा उठ्न तयार थिए। तर बैंकिङ कसुरसम्बन्धी मुद्दा विचाराधीन रहेकाले उम्मेदवार हुन अयोग्य भन्दै उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो।

सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका गुरुङको उम्मेदवारी खारेजीमा परेपछि रुपन्देही २ मा नेकपा एमालेबाट विष्णुप्रसाद पौडेलले चुनाव जित्न सजिलो भएको थियो। एमालेमा हुँदा गुरुङ पनि पौडेलकै निकट थिए।