आज: १२ बैशाख २०८२, शुक्रबार | Fri, 25, Apr, 2025

यसरी मनाइयो गोकर्णेश्वरमा उधौली पर्व [तस्बिहरु]

गोकर्णेश्वर खबर१० पुष २०८०, मंगलवार १९:५८ मा प्रकाशित (१ साल अघि) ३९९ पाठक संख्या

किराँत समुदायले उधौली पर्व हर्षोल्लासका साथ मनाएका छन्। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन मनाइने उधौली पर्व मंगलबार मनाइएको हो।

मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा उधौली मनाउने गरिन्छ।

किराँत राईहरुको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ। यस चाडमा किराँतीहरु एकापसमा भेला भएर सङ्गठितरुपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गर्दछन्।

यसैबीच उपत्यकामा रहेका किराँत समुदायले पनि विभिन्न कार्यक्रम गरी उधौली पर्व मनाएका छन्। आज गोकर्णेश्वरको राष्ट्रिय सहिद तथा शान्ति पार्क,निजामति स्मारक यज्ञडोल(जगडोल)सामुदायिक वन स्थित किराँती पूजा घरमा भेला भएर पनि उधौली पर्व मनाइएको छ।
(तस्बिरहरु)