कांग्रेस बागमती प्रदेशको प्रथम सम्मेलन सुरु [फोटोफिचर]
गोकर्णेश्वर खबर७ पुष २०८०, शनिबार २०:३० मा प्रकाशित (१ साल अघि)४५७ पाठक संख्या
नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन सुरु भएको छ । सम्मेलनमा बागमती प्रदेशका १३ वटै जिल्लाका पार्टीका पदाधिकारी एवं सदस्य सहभागी छन् ।
काठमाडौंको सुकेधारास्थित नवदुर्गा पाटी प्यालेसमा सम्मेलन भइरहेको छ । बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको सभापतिमा केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । सम्मेलनमा पार्टी सभापति देउवालगायत केन्द्रीय पदाधिकारी तथा पार्टीका शीर्ष नेताहरुले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाका ६६ संघीय निर्वाचन क्षेत्रका करिब सात सय ८२ जना प्रदेश प्रतिनिधि, बागमती प्रदेशका संघीय सासंद, प्रदेश सभा सदस्य, प्रतिनिधि सभा क्षेत्रीय सभापति, नगरपालिकारगाउँपालिकामा निर्वाचित प्रमुखरउपप्रमुख, अध्यक्षरउपाध्यक्ष तथा बागमती प्रदेशका १ सय १९ पालिका सभापतिहरु सहभागी छन् ।