आज: १६ बैशाख २०८२, मंगलवार | Tue, 29, Apr, 2025

प्युठानमा बेहुला सबार गाडीको ठक्करबाट १ जनाको मृत्यु, ४ घाइते

गोकर्णेश्वर खबर२८ मंसिर २०८०, बिहीबार १४:५३ मा प्रकाशित (१ साल अघि) ३८२ पाठक संख्या

प्युठान । प्युठानमा बेहुला चढेको गाडीको ठक्करबाट एकजना जन्तीको मृत्यु भएको छ।

प्युठानको ऐरावती गाउँपालिका २ बढौलामा लु ३ च ६८४७ नम्बरको स्कारपिओ गाडीको ठक्करबाट जन्ति हिँडेका एक जनाको मृत्यु भएको हो।

अघि-अघि जन्ती पछि-पछि बेहुला बोकेको गाडी हिँडिरहेको बेला अकास्मात् गाडीको टायर पन्चर भई अगाडि हुत्तिएर दुर्घटना भएको प्युठानका प्रहरी प्रवक्ता इन्स्पेक्टर होमानन्द खनालले जानकारी दिए।

‘बाटो अलिअलि ओरालो थियो । अघि नाच्दै गाउँदै जन्ती हिँडिरहेका थिए। सोही क्रममा गाडीको टायर पन्चर भएर अगाडि हुत्तिएछ,’ उनले भने।

दुर्घटनामा मल्लरानी गाउँपालिका-३ चोरपानीका ५२ वर्षीय दामोदर परियारको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको उनले इन्स्पेक्टर खनालले जानकारी दिए।

दुर्घटनामा थप तीन जना घाइते भएका छन्।

मल्लरानी गाउँपालिका-३ का कृष्ण परियार, ऐरावती गाउँपालिका-२ करिश्मा सुनार, सिर्जना सुनार र दाङको राप्ती गाउँपालिका-५ कि पिपला सुनार घाइते रहेको इन्स्पेक्टर खनालले जानकारी दिए।

उनीहरूको जिल्ला अस्पतालमै उपचार भइरहेको छ।