आज: ९ माघ २०८१, बुधबार | Wed, 22, Jan, 2025

सुशासनका लागि देशभर एक महिने सूचना माग अभियान शुरू

गोकर्णेश्वर खबर२५ मंसिर २०८०, सोमबार १९:३८ मा प्रकाशित (१ साल अघि) २९४ पाठक संख्या

काठमाडौँ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले सुशासनका लागि एक महिने सूचना माग अभियान शुरू भएको छ ।

महासङ्घ केन्द्रीय कार्य सम्पादन समितिको आज सम्पन्न बैठकले सार्वजनिक सरोकारका निकायमा सुशासन प्रर्वद्धान लागि सार्वजनिक चासोका विषयमा एक महिनासम्म सूचना माग गर्न सबै प्रदेश र ७७ वटै जिल्लाका शाखालाई निर्देशन दिइएको अध्यक्ष उमीद बागचन्दले जानकारी दिनुभयो । आइतबारदेखि सुरु हुने एक महिने अभियान पुस २३ गतेसम्म सञ्चालन हुने छ भने सूचना मागेको, प्राप्त गरेको र त्यसको अवस्था बारे समेत विभिन्न सञ्चार माध्यामबाट सार्वजनिक गरिने महासंघले जनाएको छ ।

अभियानका क्रममा मागिएका सूचनाको सदुपयोग गर्दै समाचारका माध्यमबाट आम नागरिकलाई जानकारी गराइने महासङ्घले जनाएको छ । सूचना माग गरेर तथ्य पत्ता लगाई खोज पत्रकारिताका माध्यमबाट निरन्तर पिछा गर्ने पनि अध्यक्ष बागचन्दले बताउनुभयो ।