आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

एकीकृत समाजवादीको महाधिवेशन सार्न नेताहरु सहमत

गोकर्णेश्वर खबर१८ मंसिर २०८०, सोमबार १९:१९ मा प्रकाशित (१ साल अघि) २७७ पाठक संख्या

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको आगामी माघ दोस्रो साताका लागि तय भएको महाधिवेशनको मितिबारे सचिवालय बैठकमा छलफल भएको छ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको ६९औँ सचिवालय बैठकमा यसबारे कुरा उठेपनि निर्णय भने नभइसकेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

यसअघि पार्टी केन्द्रीय कमिटीले माघ १४–१८ मा महाधिवेशनको मिति तय गरेको थियो।

तर, पछिल्ला दिनमा राष्ट्रिय सभा निर्वाचन, भूकम्प र तयारी नपुगेको कारण माघमै महाधिवेशन गर्न नसकिने तर्क नेताहरूले गरेका छन्।

‘माघ ११ गते हुने निर्वाचनको तयारीले पनि अलिकति बाधा पुर्याएको छ। भूकम्पको स्थिति, समग्रको कामको तयारी व्यवस्थापनको विषयलाई लिएर निर्णय लिनुपर्ने भएकाले भोलि मात्रै निर्णय हुन्छ,’ सोमबारको बैठकपछि सञ्चारकर्मीसँग खतिवडाले भनेका छन्।