आज: १४ बैशाख २०८२, आईतवार | Sun, 27, Apr, 2025

बागलुङमा श्रीमानले गरे श्रीमतीको हत्या

गोकर्णेश्वर खबर१७ मंसिर २०८०, आईतवार १८:५२ मा प्रकाशित (१ साल अघि) २८९ पाठक संख्या

काठमाडौं । बागलुङमा घरायसी विवादमा कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।

बागलुङ नगरपालिका १३ सल्यान बस्ने हरि सिंह नेपाली पक्राउ परेका हुन्।

उनलाई इलाका प्रहरी कार्यालय बलेवाबाट खटिएको टोलीले आइतबार बिहान पक्राउ गरेको हो।

उनले ५० वर्षीया श्रीमती सितली शाहीलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। उपचारको क्रममा उनको धौलागिरी अस्पताल बागलुङमा मृत्यु भएपछि श्रीमानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।