काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले गए राति गएको भूकम्प पितिडको उद्धार, राहत र पुनर्स्थानाका लागि आर्थिक सहयोग रु . ५ लाख सहयोगको घोषण गरेको छ।
जाजरकोट जिल्ला र रुकुम पश्चिम लगायतका भूकम्प पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले आर्थिक सहयोग रु ५,००,००० /- (पाँच लाख) उपलब्ध गराउने निर्णय गरेको छ ।
तत्काल कार्यपालिकाको बैठक बसी उक्त सहयोग रकम प्रभावित क्षेत्रमा हस्तान्तरण गरिने नगर प्रमुख रिसालले जानकारी दिनु भयो ।