काठमाडौं । आज सुरु भएको त्रिदेशीय टी२० क्रिकेट सिरिजको पहिलो खेल नेपाल र यूएईबीच भइरहेको छ । मूलपानी क्रिकेट मैदानमा आज पहिलो टी२० अन्तर्राष्ट्रिय खेल हुँदा नेपालले टस जितेर पहिला बलिङ गरेको छ ।
पहिला ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रन बनाएको छ । उसका लागि बसिल हमिदले सर्वाधिक ३८ बलमा ५१ रन बनाए भने अलि नासिरले ३२ रन बनाए ।
नेपालका लागि सबैभन्दा सफल बलर करण केसी भए । उनले चार ओभरमा १९ रन दिएर ३ विकेट लिए । यस्तै गुल्सन झाले २ विकेट लिँदा सोमपाल कामी र अभिनाश बोहोराले एक एक विकेट लिए । १४१ रनको लक्ष्य पाएको नेपालले केही समयपछि जवाफी ब्याटिङ गर्नेछ । सिरिजमा अर्को टिम हङकङ सहभागी छ ।