आज: १३ बैशाख २०८२, शनिबार | Sat, 26, Apr, 2025

टी-२० सिरिज युएईविरूद्ध गुल्सन झाले लिए २ विकेट

गोकर्णेश्वर खबर१ कार्तिक २०८०, बुधबार १४:०५ मा प्रकाशित (१ साल अघि) १९९ पाठक संख्या

काठमाडौं । त्रिदेशीय टी-२० सिरिजअन्तर्गत युएईविरूद्ध नेपालले ८.४ ओभरसम्ममा ४ विकेट लिएको छ।

नेपालका लागि तेस्रो र चौथो विकेट गुल्सन झाले लिएका छन्। टी-२० मा आफ्नो पहिलो विकेट लिएका उनले आफ्नो बलिङको पहिलो बलमै युएईका कप्तान मोहमद वासीमलाई १७ रनमा आउट गरे।

यस्तै गुल्सनले ८.४ ओभरमा युएईका आसिफ खानलाज्ञ १५ रनमा आउट गरे। त्यतिबेला युएईले ५२ रन जोड्दा ४ विकेट गुमाएको स्थिति थियो।

त्यसअघि मुलपानी मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरिरहेको युएईले ३.१ ओभरमा सुरूवाती दुई विकेट गुमाएको थियो।

ओपनर खालिद शाहलाई शून्यमा सोमपाल कामीले रोहित पौडेलबाट पहिलो ओभरको अन्तिम बलमा क्याच गराए।

यस्तै अलिशान शाराफुलाई ६ रनमा करण केसीले विकेटकिपर आसिफ शेखबाट क्याच गराए।