आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

कार्की नेतृत्वको सरकारमा सहभागी हुन मन्त्री चयन गर्दै एमाले

गोकर्णेश्वर खबर२८ आश्विन २०८०, आईतवार १५:१३ मा प्रकाशित (१ साल अघि) २४२ पाठक संख्या

विराटनगर । नेकपा एमालेले केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा सहभागी हुन मन्त्री चयन गर्दैछ । अहिलेसम्म राम रानाको नाम टुंगिएको र अरु नामका विषयमा छलफल भइरहेको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

एमालेका सबै ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री नियुक्त भएका छन् र उनले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

मन्त्रिपरिषद विस्तार गर्दा मुख्यमन्त्री कार्कीले एमालेलाई पनि सहभागी गराउने तयारी गरेकाले मन्त्रीको नामका विषयमा छलफल भइरहेको भण्डारीले बताए । ‘मुख्यमन्त्रीसँग छलफलपछि निर्णयमा पुग्छौं’, उनले भने ।

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहबाट रामकुमार खत्री र समशेर राईको नाम चर्चामा छ । तर टुङ्गो लागेको छैन । ‘संकटमा साथ दिएका सबै ९८ जना सरकारमा सहभागी हुन्छन्’, मुख्यमन्त्री कार्की निकट स्रोतले भन्यो, ‘सुरुमा को जाने भन्ने टुङ्गो लागेको छैन ।’