आज: २४ चैत्र २०८१, सोमबार | Mon, 07, Apr, 2025

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो

गोकर्णेश्वर खबर२२ आश्विन २०८०, सोमबार १६:१० मा प्रकाशित (१ साल अघि) ३४० पाठक संख्या

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि कालोमोसो दलिएको छ। काठमाडौंको जमलमा प्रसाईंमाथि कालोमोसो दलिएको हो।

कसले किन कालो दल्यो भन्ने खुलिसकेको छैन। प्रसाईंले राजधानीको एक होटलमा पत्रकार सम्मेलनको कार्यक्रम राखेका थिए। सोही बेला उनीमाथि कालोमोसो दलिएको हो।

यसबारे जानकारी आइनसकेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

उनलाई प्रहरीले उद्धार गरेर दरबारमार्ग वृत्तमा लगिएको छ।