आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

भेप मार्फत सुन तस्करी प्रकरणमा पूर्व सभामुख महराको बयान- भेपबारे भन्सार कार्यालयलाई सोधेको हुँ

गोकर्णेश्वर खबर२१ आश्विन २०८०, आईतवार १९:१८ मा प्रकाशित (१ साल अघि) १८४ पाठक संख्या

काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले चिनियाँ व्यापारीले ल्याएको भेपलाई लिएर आफूले भन्सार कार्यालयका प्रमुखलाई फोन गरेको स्वीकार गरेका छन् ।

विद्युतीय सिगरेट (भेप)मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले आइतबार सरकारी वकिलको कार्यालयमा बुझाइएको सीआईबीको अनुसन्धान प्रतिवेदनमा महरालाई मुद्दा चलाउन सिफारिस गरिएको छैन ।

महराले गरेको बयान कागज भने प्रचिवेदनमा संलग्न छ, जसमा महराले ७३० थान भेप्स भन्सार कार्यालयले जफत गरेको तीन दिनपछि दावोजिन वाङले के भएको हो बुझिदिनुपर्यो भनेर आफूलाई भनेको बताएका छन् । ‘मैले अरुण पोखरेललाई पहिलादेखि चिनेको हुनाले के कसो भएको हो ? कानुन बमोजिम के गर्न मिल्छ, हेरिदिनु होला भनेर फोन गरेको हो’ उनले प्रहरीलाई दिएको बयानमा भनेका छन् ।

यही विषयलाई लिएर आफ्नो छोरा राहुलले पनि पोखरेललाई सम्पर्क गरेको उनले बताएका छन् ।