आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

बझाङमा आजै फेरि तीनपटक भूकम्प

गोकर्णेश्वर खबर२० आश्विन २०८०, शनिबार १५:११ मा प्रकाशित (१ साल अघि) २०८ पाठक संख्या

काठमाडौँ । बझाङ केन्द्रबिन्दु भएर आज बिहान मात्रै तीनपटक भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ बजेर ४५ मिनेट जाँदा बझाङको भाटेखोला केन्द्रबिन्दु भएर भूकम्प गएको हो।

बझाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नारायण पाण्डेयले सबैभन्दा ठूलो ११ बजेर ४५ मिनेटमा गए पनि त्यसपछि ससाना धक्का दुईपल्ट महसुस गरिएको जानकारी दिए।

‘हामी सदरमुकाममा छौँ, राम्रैसँग हल्लायो, आजै बिहान ३ पल्ट धक्का महसुस गरियो’, उनले भने, ‘भूकम्पले गर्दा यहाँ तमेलबजार नजिकै पहिरो गएर बाटो बन्द भएको थियो, पहिरो हटाएर भर्खरै खुलायौँ।’

भूकम्पका कारण जिल्ला अन्य स्थानमा क्षति भए,नभएको विषयमा आफू बुझ्ने चरणमै रहेको उनले बताए।

यसअघि शुक्रबार र मंगलबार पनि बझाङ नै केन्द्रबिन्दु भएर भूकम्प गएको थियो।

उक्त भूकम्पका कारण एक जनाको ज्यानसमेत गएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए। यस्तै सयौँ घरमा क्षति पुगेको थियो।