आज: २३ बैशाख २०८२, मंगलवार | Tue, 06, May, 2025

बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प

गोकर्णेश्वर खबर२० आश्विन २०८०, शनिबार १३:०८ मा प्रकाशित (१ साल अघि) ४०० पाठक संख्या

काठमाडौं । बझाङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।

शनिबार मध्यान्ह ११ः४५ बजे बझाङको भाटेखोला नजिकै केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ५.३ म्याग्नेच्युडको भूकम्प मापन भएको हो।

मंगलबारयता बझाङमा मात्रै १३ वटा भूकम्पका धक्का महसुस भएका छन्। गत मंगलबार दिउँसो २ः ४०मा पहिलो पटक ५.३ म्याग्नेच्युडको भूकम्प मापन भएको थियो।

त्यसपछि ३ः०६मा ६.३ म्याग्नेच्युडको भूकम्प मापन भएको थियो।

जसले गर्दा एक जनाको मृत्यु समेत भएको थियो। केही घरहरू भत्किएका र चर्किएका थिए।