आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

एमाले बागमती अधिवेशन : च्यासलमा विजय पछिको उमङ्ग (तस्बिरहरु)

गोकर्णेश्वर खबर१३ आश्विन २०८०, शनिबार ०१:४१ मा प्रकाशित (१ साल अघि) २०७ पाठक संख्या

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कैलाश ढुंगेलको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार ढुंगेलले अर्का उम्मेदवार कृष्ण दाहाललाई पराजित गरेका छन् ।
गेल ६९६ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार कृष्ण दाहालले भने ४३९ मत प्राप्त गरेका छन् । त्यस्तै सचिवमा ५६८ मतसहित नवराज सिलवाल विजयी भएका छन् । सचिवका अर्का उम्मेदवार हस्त पण्डितले ५६७ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा दावादोर्जे लामा विजयी भएका छन् । उनले ६१५ मत प्राप्त गरेका छन् भने महिला उपसचिवमा भक्तकुमारी लामाले ५९९ मत प्राप्त गरी विजयी भएकी छन् । त्यस्तै पुरुष तर्फको उपसचिवमा प्रेम महर्जन ३६७ मत प्राप्त गरेका छन् भने बागमती प्रदेश आदिवासी जनजाती खुल्लामा पेमा छिरि शेर्पा बिजय सहित विजयी भएका छन् ।शेर्पा ३८५ मत प्राप्त गरेका छन् ।