आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

आज ऋषि पञ्चमी पर्व मनाइँदै (फोटोफिचर)

गोकर्णेश्वर खबर२ आश्विन २०८०, मंगलवार ०८:५५ मा प्रकाशित (१ साल अघि) २१४ पाठक संख्या

२ असोज, काठमाडौं । आज ऋषि पञ्चमी पर्व नेपाली नारीहरुले सप्तऋषिको पूजा गरी मनाउँदैछन् ।

प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा ऋषि पञ्चमी पर्व मनाइन्छ ।

यो पर्वमा महिलाहरुले बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । स्नानपछि अरुन्धती, अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र ऋषिको पूजा गरिन्छ ।

ऋषि पञ्चमीको दिन सप्त ऋषिको पूजा आराधना गर्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । यही विश्वासका साथ काठमाडौंको गोकर्णेश्वर मन्दिर क्षेत्रमा स्नान र पूजा गर्नेहरु भेला भएका छन् ।