आज: १६ बैशाख २०८२, मंगलवार | Tue, 29, Apr, 2025

एसिया कप भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

गोकर्णेश्वर खबर१८ भाद्र २०८०, सोमबार १४:५२ मा प्रकाशित (१ साल अघि) १२२ पाठक संख्या

काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ। भारतले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो।

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि पहिलोपटक भारतको सिनियर टिमसँग खेल्न लागेको हो। नेपालका लागि आज अत्यन्त महत्वपूर्ण र ऐतिहासिक खेल हुनेछ।

श्रीलंकाको पेल्लेकेले मैदानमा नेपाली समयअनुसार सवा तीन बजे खेल सुरू हुनेछ। प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपाल र भारतको आजको खेल समूह चरणको अन्तिम खेल हो।