आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

कस्ताे छ शुक्रबारकाे माैसम ?

गोकर्णेश्वर खबर२६ श्रावण २०८०, शुक्रबार ०५:२८ मा प्रकाशित (१ साल अघि) ३४७ पाठक संख्या

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर ९नेपाल नजिक० अवस्थित रहेकाले अझै दुई दिन वर्षाको सम्भावना रहेको छ । नेपालमा मनसुनी वायुको असरका साथै बङ्गलादेशको उत्तरीभाग तथा आसपासमा रहेको न्यूनचापीय प्रणालीका कारण पनि बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको उत्तरतिर अवस्थित रहेकाले मनसुन सक्रिय भएको छ ।

“मनसुन थप सक्रिय भएको छ । वर्षा केही दिन हुने देखिन्छ तर लगातारको वर्षा भने हुने देखिदैन”, मौसमविद् महर्जनले भन्नुभयो । काठमाडौँ उपत्यकामा अहिले हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा ६४ मिलिमिटर वर्षा मापन गरिएको छ । मौसममा सुधार आउन अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ ।

अहिले काठमाडौँको उत्तरपूर्वी र दक्षिणभेगतिर हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ ।

शुक्रबार रातिको समयमा पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ ।