आज: ७ मंसिर २०८१, शुक्रबार | Fri, 22, Nov, 2024

यी हुन् माओवादी केन्द्रको केन्द्रीय समितिमा थपिएका २४ जना महिला (नामसहित)

गोकर्णेश्वर खबर१९ श्रावण २०८०, शुक्रबार १५:५१ मा प्रकाशित (१ साल अघि) १८९ पाठक संख्या

काठमाडौं, सत्तारुढ दल नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २४ जना महिला थप गरेको छ ।

केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न २४ जना महिला थपेको हो ।

यस अघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला थप गर्ने प्रस्ताव गरेका थिए । हाल माओवादी केन्द्रको केन्द्रीय समितिमा ३८५ जना छन्, २४ जना महिला थप गरेपछि ४०९ सदस्यीय हुनेछ ।

यी हुन नयाँ थप भएको महिला केन्द्रयि सदस्यहरु

उमा कपाली, आङदावा शेर्पा, इन्दिरा अधिकारी, उर्मिला विक, गंगा खड्का, गिाता शाही, गिताकुमारी कँडेल चौलागाई, दिलमाया बुढामगर, छमकुमारी खनाल, निरमाया श्रीस, निशा न्यौपाने, पार्वती थापा, भगवती तिवारी मोतिकला चलाउने, लालकुमारी पुन, लिला शर्मा, सपना परियार, सीता दाहाल, सुशीला घिमिरे, सुशीला पौडेल, सूर्यकुमारी विक, शरु चौधरी