आज: ११ माघ २०८१, शुक्रबार | Fri, 24, Jan, 2025

प्रस्तावित ६ राजदूतको अनुमोदन

गोकर्णेश्वर खबर१८ श्रावण २०८०, बिहीबार १७:३८ मा प्रकाशित (१ साल अघि) १३७ पाठक संख्या

काठमाडौं । सरकारद्वारा विभिन्न मुलुकका प्रस्तावित ६ राजदूत संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।राजदूतको लागि प्रस्तावित भएकाहरुलाई समितिले संसदीय सुनुवाइबाट अनुमोदन गरेको हो ।

समतिले अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका आवासीय प्रतिनिधिका लागि रामप्रसाद सुवेदीलाई अनुमोदन गरेको छ । संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डका लागि राजदूतमा धनबहादुर वली र फ्रान्सका लागि राजदूतमा सुधीर भट्टराईको नाम पनि समितिबाट अनुमोदन भएको छ ।

प्रस्तावित राजदूतको संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।