आज: १२ फाल्गुन २०८१, सोमबार | Mon, 24, Feb, 2025

चुनावी खर्च विवरण नबुझाउने सूचीमा राखेपछि रास्वपाका सांसदले दिए निर्वाचन आयोगविरुद्ध रिट

गोकर्णेश्वर खबर१४ श्रावण २०८०, आईतवार १७:४४ मा प्रकाशित (१ साल अघि) १८६ पाठक संख्या

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले निर्वाचन खर्च विवरण नबुझाउने सूचीमा राखेपछि निर्वाचन आयोगविरुट उच्च अदालत पाटनमा रिट दिएका छन्। रास्वपा सांसद विराजभक्त श्रेष्ठ,शिशिर खनाल,सोविता गौतम र गणेश पराजुलीले आफूहरुले चुनावी खर्च बुझाइसकेको दावी गर्दै आइतबार आयोगविरुद्ध उच्च अदालत पाटनमा रिट दिएका हुन्।

उनीहरूले निर्वाचन खर्च बुझाइसक्दा पनि निर्वाचन आयोगले आफूहरूलाई १५ हजार रुपैयाँ जरिवाना गरेको भन्दै रिट दिएको बताएका छन्।

निर्वाचन आयोगले निर्वाचन खर्च विवरण नबुझाउने प्रतिनिधिसभाका १ हजार ३७ जना र प्रदेशसभाका १ हजार ३९८ जनालाई १५ हजार जरिवाना तोकेको छ।