काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारबारे थप फाइल खुल्ने बताएका छन्। समाजवादी मोर्चामा आवद्ध दलका विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा प्रचण्डले भ्रष्टाचारीहरुविरुद्ध कारवाहीलाई थप सशक्त बनाउने बताएका हुन्।
उनले यो अभियानमा आफूलाई जनताको साथ चाहिएकोसमेत बताए।
‘आउने दिनमा अरु फाइलहरु खुल्दै जानेवाला छन्। एक्लै प्रधानमन्त्रीले मात्रै लडाइँ लड्न सक्दैन,’ उनले भने।
उनले सत्ता गठबन्धन र समाजवादी मोर्चाभित्र फाटो ल्याउन षड्यन्त्र भइरहेको आरोपसमेत लगाएका छन्। तर भ्रष्टाचार विरुद्धको अभियानमा आफूले जितेरै छोड्ने प्रचण्डको भनाइ छ।
‘ब्याटल हो हामीले जित्नै पर्छ। एउटा नयाँ युगको परिकल्पना संघीय लोकतन्त्रिक गणतन्त्रमार्फत गरेको हुँ,’ उनले भने।