आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध पक्राउ पुर्जी जारी

गोकर्णेश्वर खबर१२ श्रावण २०८०, शुक्रबार १५:१५ मा प्रकाशित (१ साल अघि) २८६ पाठक संख्या

काठमाडौं । विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आएकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

पाण्डेविरूद्ध चार दिनअघि तामाङ, मगर समुदायका समूहले उजुरीको आधारमा अधिवक्ता पाण्डेविरूद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० अनिल अधिकारीले जानकारी दिए ।

उनले भने, ‘चारदिन अघि तामाङ र मगर समुदायका विभिन्‍न समूहहरूले अधिवक्ता पाण्डेविरूद्ध उजुरी दिनु भएको छ। जातीय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न पाण्डेविरुद्ध जाहेरी परेको छ। यसबारेमा हामीले पक्राउ पुर्जी जारी गरेका छौं।’

पाण्डेको खोजी भइरहेको काठमाडौं प्रहरी परिसरका डीएसपी अधिकारीले बताए ।

यसअघि प्राइम टिभीमा प्रसारित अन्तरवार्तामा पाण्डेले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने भन्दै त्यो विज्ञानको हिसाबले गलत रहेको बताएकी थिइन् ।