आज: ११ माघ २०८१, शुक्रबार | Fri, 24, Jan, 2025

म्यान्मारकी नेतृ आङ सान सुची पुन: नजरबन्दमा

गोकर्णेश्वर खबर१२ श्रावण २०८०, शुक्रबार ०८:५३ मा प्रकाशित (१ साल अघि) १६९ पाठक संख्या

एजेन्सी । म्यान्मारकी नेतृ आङ सान सुचीलाई जेलबाट पुन: नजरबन्दमा पठाइएको छ । बीबीसीका अनुसार सुचीलाई नेपिडोस्थित एक सरकारी भवनमा सारिएको हो ।

यसअघि उहाँलाई एक वर्ष एकान्त कारावासमा राखिएको थियो । सन् २०२१ फेब्रुअरीमा सेनाले म्यान्मारमा ‘कु’ गरेर सुचीलाई हिरासतमा लिएको थियो । त्यसपछि ७८ वर्षीया सुचीलाई ३३ वर्षको सजाय सुनाइएको थियो ।

दुई वर्षयता उहाँको अवस्थाबारे कुनै सूचना सार्वजनिक भएको थिएन । सत्ता परिवर्तनपछि सैन्य सरकारविरुद्ध अमेरिकार र अन्य पश्चिमा देशहरूले प्रतिबन्ध लगाएका छन् । आफ्ना नागरिकविरुद्ध हवाई आक्रमण गरेको र गाउँहरू तहसनहस पारेको आरोप सैन्य सरकारमाथि छ ।

यसबीचमा म्यान्मार सैन्य सरकारविरुद्ध पिपुल्स डिफेन्स फोर्स पनि संगठित भएको छ ।