आज: १६ बैशाख २०८२, मंगलवार | Tue, 29, Apr, 2025

एयरपोर्टबाट बरामद सुन ब्रेक शुसहित जोख्दा १५५ केजी पुग्यो

गोकर्णेश्वर खबर४ श्रावण २०८०, बिहीबार १९:०५ मा प्रकाशित (१ साल अघि) २४२ पाठक संख्या

काठमाडौँ । बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट बरामद भएको सुन राष्ट्र बैंकले सुनको तौल लिएको छ।

उक्त बट्टा (ब्रेक शु)सहित जोख्दा १५५ केजी सुन भएको राजश्व अनुसन्धान विभागका एक अधिकारीले जानकारी दिए।

बरामद भएको सुन नाँपजाँच गर्नका लागि टक्सार महाशाखा ल्याइएको थियो।

बुधबार विमानस्थल भन्सार जाँचपास भएर ट्याक्सीमा लाँदै गरेको अवस्थामा बरामद गरिसकेपछि राजश्व अनुसन्धान विभागले गुणस्तर जाँच र तौलका लागि बालुवाटारस्थित नेपाल राष्ट्र बैंकबाट पठाएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरिसकेपछि उक्त सुन टक्सार महाशाखा लगिएको थियो।