आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू, ग्यासमा १० रुपैयाँ घट्यो

गोकर्णेश्वर खबर३१ असार २०८०, आईतवार १९:०७ मा प्रकाशित (१ साल अघि) १९० पाठक संख्या

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित प्रणाली लागू गरेको छ। परल मूल्यमा डिजेलमा दुई प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत राखेर स्वचालित बिक्री प्रणाली लागू गरेको हो।

आज नेपाल आयल निगमले पत्रकार सम्मेलन नै गरेर स्वचालित प्रणाली लागू गरेको जानाकारी गराएको छ। जसको कार्यान्वयन आजदेखि नै सुरु समेत गरेको छ।

निगमको बोर्ड बैटकले स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको हो।

निमगका अनुसार आज बसेको निगमको बोर्ड बैठकले स्वचालित मूल्य बिक्री सम्बन्धी कार्यविधी–२०८० पास गरेको हो। आजको निर्णय अनुसार १२ बजे रातिबाट लागू हुने गरि पेट्रोलको मूल्य ४ रुपैयाँ घटाएको छ।

अब काठमाडौंमा १६४ रुपैयाँमा पेट्रोल पाइने भएको हो डिजेलको मूल्य ६ रुपैयाँ प्रति लिटरमा घटेको छ। जस अनुसार काठमाडौंमा १४६ रुपैयाँमा पाइने भएको हो। खाना पकाउने ग्यासमा १० रुपैयाँ घटेको छ।

अब १७९० रुपैयाँमा ग्यास पाइने निगमले जानाकारी दिएको छ।