आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

प्रदेश प्रमुखसँग एमालेले भन्यो -कोशीको मुख्यमन्त्रीमा थापालाई नियुक्त नगर्नु

गोकर्णेश्वर खबर२१ असार २०८०, बिहीबार १६:३३ मा प्रकाशित (१ साल अघि) १८८ पाठक संख्या

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त नगर्न प्रदेश प्रमुखसँग माग गरेको छ।

गठनबन्धनले सभामुख समेतको संख्या जोडेर दाबी गर्न लागेको भन्दै त्यसलाई स्वीकार नगर्न एमालेले प्रदेश प्रमुखलाई दबाब दिएको हो।

सभामुख बाबुराम गौतमलाई समेत गणना गरी गठबन्धनले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धब थापालाई मुख्यमन्त्री बनाउने दाबी पेश गर्न लागेको भन्दै एमाले संसदीय दलका नेता तथा कामचलाउ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङको ध्यानाकर्षण गराएका हुन्।

दलका नेताको तर्फबाट ध्यानाकर्षण पत्र एमालेले बुझाएको भए पनि राप्रपा संसदीय दलका नेता एवं प्रदेश सरकारका मन्त्री भक्तिप्रसाद सिटौला समेतको उपस्थिति थियो।