आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

रहेनन् गायक तथा कलाकार रविन तामाङ

गोकर्णेश्वर खबर२० असार २०८०, बुधबार ०७:१३ मा प्रकाशित (१ साल अघि) २६२ पाठक संख्या

काठमाडौँ — गायक नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का गायक तथा संगीतकार रविन तामाङकाे निधन भएकाे छ । उनकी दिदी भगवती तामाङले रबिनको निधन भएको बताएकी छन् । भगवतीका अनुसार रबिनको निधन बूढानीलकण्ठस्थित आफ्नै घरमा भएको हो ।

आफन्तका अनुसार उनको शवलाई पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुर्‍याइएको छ ।
सन् २००६ मा उनकै नेतृत्वमा रबिन एन्ड द न्यू रेभोलुसन नामक ब्यान्ड खुलेको हो ।

दर्जनौँ गीत गाएका रविन अभिनयमा पनि उत्तिकै सक्रिय र लोकप्रिय थिए । चलचित्र ‘चिसो एष्ट्रे’को शीर्ष गीतमा पनि स्वर दिएका उनी ‘रविन एन्ड द न्यू रेभोलुसन’ ब्यान्डका भोकलिस्ट पनि हुन् । उनले ुछड्केु चलचित्रमा समेत अभिनय गरेका थिए ।

रबिनको ुमुगलानु नामक एल्बम निकै नै मन पराइएको थियो । उक्त एल्बममा प्रवासी नेपालीको दुस्खसुख समेटिएका गीत समावेश छन् । बेलायती सैनिकका छोरा रबिन सिंगापुरमा सन् १९६३ मा जन्मिएका थिए । बाबुको जागिर सरुवासँगै उनी पनि सानैमा विभिन्न देश पुगेका थिए ।