आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभामा !

गोकर्णेश्वर खबर१९ असार २०८०, मंगलवार १०:४१ मा प्रकाशित (१ साल अघि) ९० पाठक संख्या

काठमाडौं । राष्ट्रियसभाको बैठक आज पनि बस्दै छ । १४औँ अधिवेशनको २१औँ बैठक बस्न लागेको हो ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजेर १ मिनेटमा बैठक शुरू हुने जनाइएको छ ।

बैठकमा राष्ट्रियसभाका सचिव डा। सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० सभासमक्ष टेबुल गर्नुहुने कार्यसूची रहेको छ।

यस्तै, विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकहरूमाथि छलफल गरिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।