आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

पेट्रोलियम पदार्थको मूल्य घट्यो

गोकर्णेश्वर खबर१९ असार २०८०, मंगलवार ०७:४० मा प्रकाशित (१ साल अघि) ३९ पाठक संख्या

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।​

सोमबार बसेको निगमको बैठकले सोमबार  राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५र५ रुपैयाँ मूल्य घटाएको छ । त्यस्तै तराईको हकमा प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको छ भने सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटाएको निगमले जनाएको छ ।

त्यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा बाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटेको निगमले जनाएको छ ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ ।