काठमाडौं । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा पनि प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले अवरोध गरेका छन् ।
एमाले र रास्वपाको अवरोधपछि १५ मिनेटका लागि संसद बैठक स्थगित भएको हो । जिल्ला निर्वाचन कार्यालय खारेजीको विरोधमा संसद अवरोध गरेका हुन् ।
मंगलबार अर्थमन्त्री प्रकाशशरण महतले निर्वाचन आयोगका कार्यालय जहाँ छ त्यही रहने भने पनि बजेटमा आएका तर संशोधन नभएकाले एमाले र रास्वपाले आज पनि सदन अवरोध गरेका हुन् ।