आज: ७ बैशाख २०८२, आईतवार | Sun, 20, Apr, 2025

शिव शिखर बहुउद्देश्यीय सहकारीका पूर्वअध्यक्ष शर्मा भारतको मुम्बईबाट पक्राउ

गोकर्णेश्वर खबर१२ असार २०८०, मंगलवार १५:१८ मा प्रकाशित (१ साल अघि) २५७ पाठक संख्या

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मालाई प्रहरीले पक्राउ गरेको छ।

उनीमाथि निक्षेपकर्ताहरूको १४ अर्ब रूपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ।

शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गएराति पक्राउ गरेको हो।

भारतको मुम्बईमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतले जानकारी दियो।

जम्मा गरेको रकम फिर्ता नपाएपछि निक्षेपकर्ताहरूले सहकारी विभाग र प्रहरीमा उजुरी दिएका थिए। उजुरीकै आधारमा फरार रहेका शर्मा पक्राउ परेका हुन्।

सहकारीबाट करिब १ लाख पीडित रहेको बताइएको छ।