आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

साफ च्याम्पियनसिप: पहिलो हाफमा कुवेतसँग नेपाल २-० गोलले पछि

गोकर्णेश्वर खबर६ असार २०८०, बुधबार १७:२६ मा प्रकाशित (१ साल अघि) १०६ पाठक संख्या

काठमाडौं । साफ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिताको पहिलो हाफमा नेपाल २-० गोल अन्तरले पछि परेको छ। कुवेतले लगातार दोस्रो गोल गरेपछि नेपाल २-० ले पछि पर्‍यो।

कुवेतका लागि दोस्रो गोल ४२औं मिनेटमा सबाइबल खादीले गरे। डिबक्सबाट डिफेन्डरलाई छलाउँदै उनले हानेको प्रहार गोल भएको थियो। यसअघि कुवेतका क्याप्टेन खालिद हजियाले गोल गरेका थिए। २३औं मिनेटमा कर्नर किकमार्फत वाउन्स हुँदै आएको बललाई छातीमार्फत हजियाले जाली चुमाएका थिए।

१४औं संस्करणको साफको पहिलो खेलमा नेपालले आमन्त्रित टिम कुवेतसँग प्रतिस्पर्धा गरिरहेका छन्। यो खेल भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भइरहेको छ।

साविकको उपविजेता रहेको नेपालमाथि कुवेत हाबी भइरहेको छ। कुवेतसँग नेपालबीच यसअघि ९ पटक प्रतिस्पर्धा भएको थियो। जसमध्ये ८ खेलमा कुवेत विजयी भएको छ भने १ खेल बराबरीमा सकिएको छ। पछिल्लो पटक सन् २०२२ को जुनमा एसिया कप छनोटको तेस्रो चरणमा कुवेतले नेपाललाई ४-१ ले पराजित गरेको थियो।