आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

धनुषामा वडाध्यक्ष र सचिव ७० हजार घुससहित पक्राउ

गोकर्णेश्वर खबर३१ जेष्ठ २०८०, बुधबार १९:५६ मा प्रकाशित (१ साल अघि) ४२ पाठक संख्या

काठमाडौं । धनुषा नगराइन नगरपालिका २ का वडाध्यक्ष र वडासचिव पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले बुधबार वडाध्यक्ष वुलन यादव र वडासचिव अमृत नारायण मिश्रलाई पक्राउ गरेको हो।

७० हजार घुस लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।

उनीहरूले सडक निर्माण सम्पन्न सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस मागेका थिए। उक्त सूचना पाएपछि प्रहरीले उनीहरूलाई नगराइन नगरपालिका वडा नं. २ नगराइन चोकबाट पक्राउ गरेको हो।

अख्तियारले थप अनुसन्धान गरिरहेको जनाएको छ।