आज: ११ माघ २०८१, शुक्रबार | Fri, 24, Jan, 2025

नक्कली भूटानी शरणार्थी प्रकरण : थुनछेक बहस आजपनि जारी रहने

गोकर्णेश्वर खबर२२ जेष्ठ २०८०, सोमबार ०७:०४ मा प्रकाशित (१ साल अघि) १७० पाठक संख्या

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुमाथिको थुनछेक बहस आजपनि जारी रहने भएको छ ।

जिल्ला अदालत काठमाडौँमा पक्राउ परेका अभियुक्तको थुनछेक बहस हिजोबाट सुरु भएको हो ।

न्याधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बसहमा हिजो जिल्ला सरकारी वकिल कार्यालयका तर्फबाट बहस भएको थियो।

सरकारी वकिलका तर्फबाट काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले नेतृत्व गरेका छन्।

उक्त प्रकरणमा पक्राउ परेका १८ अभियुक्तकै थुनछेक बहस हुनेछ ।

काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले विभिन्न पाँच वटा कसुरमा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

उक्त प्रकरणका १२ जना अझै फरार अवस्थामा छन् ।