आज: १२ बैशाख २०८२, शुक्रबार | Fri, 25, Apr, 2025

गोकर्णेश्वर–२ मा २७ बालबालिकालाई पोषक खाद्य सामग्री वितरण

गोकर्णेश्वर खबर२४ चैत्र २०७९, शुक्रबार २१:१९ मा प्रकाशित (२ साल अघि) २५६ पाठक संख्या

२४ चैत, काठमाडौं । गोकर्णेश्वर–२ नयाँपाटीमा १० वर्ष मुनिका बालबालिकाहरुलाई लक्षित गरी पोषण कार्यक्रम आयोजना गरिएको छ ।

दलित समुदायका बालबालिकाहरुका लागि पोषक खाद्य सामग्री वितरण कार्यक्रम अन्र्तगत वडा अध्यक्ष मधु तामाङको प्रमुख आतिथ्यता तथा वडा सदस्यहरु सुनिल कुमार गिरी, कृष्णहरी श्रेष्ठ, माया तामाङ, सरस्वती सुनार, वडा सचिव रुक बहादुर श्रेष्ठ लगायतको उपस्थितीमा भएको थियो ।

आज वडाको सभाहलमा भएको कार्यक्रममा लक्षित समुदायका २७ जना बालबालिकाहरुलाई पोषक खाद्य सामग्री वितरण गरिएको थियो ।
कार्यक्रम वडा कर्मचारी केदार प्रसाद नेपालले सञ्चालन गरेका थिए ।