आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

उपप्रमुख सान्नानी लामा सम्मानित

गोकर्णेश्वर खबर११ चैत्र २०७९, शनिबार २०:४७ मा प्रकाशित (१ साल अघि) १८३ पाठक संख्या

११ चैत, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामा नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओलीबाट सम्मानित भएका छन् । रिटर्नी फेडेरेसन नेपालले आज गोकर्णेश्वर नगरपालिकाका नगर उपप्रमुख सान्नानी लामालाई सम्मान गरेको हो ।

फेडेरेसनको पहिलो राष्ट्रिय अधिवेशनको अवसरमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओलीले कदर पत्र हस्तान्तरण गरे । शनिबार धुम्बाराहीमा आयोजित अधिवेशन उद्घाटन समारोहमा उपप्रमुख सान्नानी लामा सम्मानित भएका हुन् । दुई दिने राष्ट्रिय अधिवेशन भोलीसम्म चल्नेछ ।

फेडेरेसनका अध्यक्ष चन्द्रबहादुर रोकाहाका अनुसार फेडेरसनमा विदेशबाट फर्किएकाहरू करिब दश हजारजना संगठित भएका छन् । फेडेरसनको पहिलो महाधिवेशनमा चार सय प्रतिनिधि सहभागी भएका छन्।

महाधिवेशनलगत्तै सात सय ५३ वटै पालिकामा संगठन निर्माणको काम सम्पन्न भएसँगै सरकारसँग मिलेर रिटर्नी डाटा बैंक स्थापना गर्ने, रिटर्नीहरूलाई बढीभन्दा बढी उद्यमशीलतामा संलग्न गराउने गरी कार्ययोजना बढाइने जानकारी अध्यक्ष अरोकाहाले दिए।