आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

अन्तर्राष्ट्रिय अवार्ड ओडब्लूएसडी तीनजना नेपाली महिलालाई

गोकर्णेश्वर खबर९ चैत्र २०७९, बिहीबार २१:४१ मा प्रकाशित (१ साल अघि) ६४ पाठक संख्या

९ चैत, काठमाडौं । तीनजना नेपाली महिला वैज्ञानिकले प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकद्वय सुभांगी सुवेदी दाहाल र सुप्रिया शर्मा ‘अर्गनाइजेसन फर वुमेन इन साइन्स फर द डेभलपिङ वर्ल्ड (ओडब्लूएसडी) अवार्ड–२०२२’ बाट सम्मानित भएका हुन् । अवार्डको राशि ५०-५० हजार अमेरिकी डलर (करिब १ करोड ३१ लाख रुपैया) छ ।

सुवेदी त्रिचन्द्र क्याम्पस र शर्मा त्रिवि माइक्रोबायोलोजी केन्द्रीय विभागका उपप्राध्यापक हुन् । त्यस्तै, सेन्टर फर नेचुरल एन्ड एप्लाइड साइन्सेस (सीईएनएएस) की अनुसन्धानकर्ता बबिता पौडेल भट्टराईले ३० हजार युरो बराबरको ‘हम्बोल्ड रिसर्च अवार्ड’ पाएकी हुन् ।

यसअघि उक्त अवार्ड शोभा पौडेल, हेमु काफ्ले, टिस्टा प्रसाईं, प्रतिभा पाण्डे र ज्योति भण्डारीले पाएका थिए ।

युनेस्केको एउटा प्रोगाम युनिटको रुपमा रहेको संस्थाले विज्ञान तथा प्रविधिको क्षेत्रमा बिद्याबारिधीपछि अनुसन्धान गरिरहेका विकासोन्मुक मुलुकका २५ जना महिला अनुसन्धानकर्तालाई अवार्ड प्रदान गर्दै आएको छ । स्वेदशमै अन्तर्राष्ट्रियस्तरको अनुसन्धानका लागि अवार्ड दिने गरिएको ओडब्लूएसडीको भनाइ छ । ५० हजार डलर राशीको यो अवार्ड पाएपछि अनुसन्धानकर्ताहरुले आफ्नो प्रस्तावित परियोजना तीन वर्षमा सम्पन्न गर्नुपर्ने हुन्छ । (स्रोत : ईकान्तिपुर)