आज: १२ माघ २०८१, शनिबार | Sat, 25, Jan, 2025

केब्स कलेजको स्वागत, बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न

गोकर्णेश्वर खबर६ चैत्र २०७९, सोमबार १९:४४ मा प्रकाशित (१ साल अघि) १५८ पाठक संख्या

६ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध टुसालमा संचालित कुमारी आवासीय माध्यमिक बिध्यालय (केब्स) प्लस टु कलेजको स्वागत, बिदाइ तथा सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ।

शनिबार मुलपानी क्रिकेट स्टेडियम संगै रहेको रोयल प्यालेसमा कुमारी आवासीय माध्यमिक बिध्यालय (केब्स) प्लस टु कलेजका अध्यक्ष पारसमणि पौड्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा साहित्यकार डा. रमेश सुबेच्छुक, बरिष्ठ संगीतकार शिला बहादुर मोक्तान,लोकप्रिय गायिका कुन्ती मोक्तान,प्याब्सन काठमाडौं जिल्ला सहसचिब एबम लिबर्टी स्कुलका प्रिन्सिपल ओम प्रसाद ढकाल, निसानका अध्यक्ष एबम गोकर्णेश्वर लाइट एकेडेमीका प्रिन्सिपल सौर्यनाथ आचार्य,शिक्षा सेवी रमा पोखरेल, समाजसेवी पार्वती दाहाल, केब्स बिद्यालय व्यवस्थापन समिति अध्यक्ष निलकण्ठ ढुंगाना,केब्स प्लस टु कलेजका प्रिन्सिपल,सुरेश कुमार भट्टराई,भाइस प्रिन्सिपल गोबिन्द दंगाल, बोर्ड अफ डायरेक्टर कल्पना निरौला,दिपक रायमाझी,राम चन्द्र सिग्देल,साकार गजुरेल लगायत शिक्षक बिद्यार्थी र अभिभावकहरु र शुभचिन्तकहरूको उपस्थिति रहेको थियो ।

राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा बिद्यार्थीहरुले देशभक्ती झल्काउने गित तथा नृत्य मार्फत स्वागत गरेका थिए । कार्यक्रममा केब्स कलेजका भाइस प्रिन्सिपल गोबिन्द दंगालले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै कुमारी आवासीय माध्यमिक बिध्यालय (केब्स) बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ ढुंगानाले विद्यार्थीहरूमा अन्तर्निहित रहेको प्रतिभा प्रस्फुटन गर्ने र उनीहरूको व्यक्तित्व विकासका लागि बिभिन्न कार्यक्रम गर्दै आएको जानकारी गराएका थिए ।