आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका श्यामराज ओझा विजयी

गोकर्णेश्वर खबर६ चैत्र २०७९, सोमबार ०९:१४ मा प्रकाशित (१ साल अघि) ५२ पाठक संख्या

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस स्ववियु सभापति नेविसंघले जितेको छ।

नेविसंघ उम्मेदवार श्यामराज ओझा स्ववियु सभापति निर्वाचित भएका हुन्।

आइतबार भएको निर्वाचनमा ओझा ३३१ मतान्तरले विजयी भएका हुन्।

उनले ९६२ मत पाएका हुन्। उनका प्रतिस्पर्धी अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टले ६३१ मत पाए।

१३ वटा भोटिङ मेसिन प्रयोग गरी मतदान गरिएको थियो।

केन्द्रीय क्याम्पसमा ३४०४ जना मतदाता छन्। तर जम्मा २ हजार ७५ जनाले मतदान गरेका थिए।

कांग्रेसले यहाँ स्ववियु चुनाव तयारीका लागि केन्द्रीय सदस्य बालकृष्ण खाणलाई खटाएको थियो।