आज: १२ बैशाख २०८२, शुक्रबार | Fri, 25, Apr, 2025

स्थानीय निकाय र दलित अधिकार सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न 

गोकर्णेश्वर खबर१ चैत्र २०७९, बुधबार १९:४४ मा प्रकाशित (२ साल अघि) १०६ पाठक संख्या

१ चैत, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ६ ले आयोजना गरेको स्थानीय निकाय र दलित अधिकार सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

सोमबारबाट शुरु भएको तीन दिने कार्यक्रम समापनको अवसरमा वडा अध्यक्ष नवराज लामाको प्रमुख आतिथ्यता तथा वडा सदस्य मञ्जु पुडासैनी, वशन्ति नगरकोटी, युवा समाजसेवी कमल सुनार, राजु सुनार, विक्रम सुनार, वडा सचिव चन्द्रप्रभा उपाध्याय लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम वडा सदस्य वशन्ति नगरकोटीको संयोजनमा भएको थियो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष नवराज लामाले कार्यक्रमले दलित अधिकार प्रवद्धर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

अभिमुखीकरण शक्ति समुहकी अभियन्ता विमला खड्काले गर्नु भएको थियो भनें कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो ।