काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयमा दुई जना नियुक्त भएका छन्।
प्रमुख स्वकीय सचिवमा डा. सुरेशचन्द्र चालिसे र निजी सचिवमा चिरञ्जिवी अधिकारी नियुक्त भएका हुन्।
मंगलबार चालिसेलाई प्रमुख स्वकीय सचिव र आफूलाई निजी सचिवमा नियुक्त गरिएको अधिकारीले जानकारी दिए।
चालिसे नेपालका लागि अमेरिका, बेलायतका पूर्व राजदूत समेत हुन्। अधिकारी भने लामो समयदेखि रामचन्द्र पौडेलका स्वकीय सचिव थिए। उनी पनि तनहुँका हुन्।
राष्ट्रपति पौडेलको सचिवालयमा अरूलाई पछि नियुक्त गर्ने तयारी छ।
गत फागुन २५ गते निर्वाचित भएका पौडेलले सोमबार शपथ ग्रहण गरेर पदभार सम्हालेका थिए।